फिलिप्सको स्वास्थ्यमा सुधार, एम्बेसी भन्छ ‘नमरेसम्म कुरेर बस अनि नेपालमै अन्त्यष्टि गर’ : समाजसेवी क्रिस्टिना (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : केहि समयअघि बीर अस्पतालमा बेवारिशे अवस्थामा रहेको एक बिरामी बिदेशी नागरिकको स्वास्थ्यमा सुधार आएको छ। अहिले उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचार भैरहेको छ।  ती बिदेशी नागरिक बेलायतका हुन् ।भने उनको नाम फिलिप्स हो । उनलाई लिभर क्यान्सर ,हेपाटाइटिस सी र डाइबेटिस रोग लागेको छ।

अहिले उनको उपचारको लागि देश विदेशमा रहेका नेपाली देखि लिएर बिदेशी नागरिकहरुबाट पनि सहयोग रकम प्राप्त भैरहेको क्रिस्टिनाले बताएकी छिन । अहिले फिलिप्सको रेखदेख समाजसेवी क्रिस्टिनाको टिमले गरिरहेका छन्। 

 

क्रिस्टिना फिलिप्सलाइ उनकै देश पुर्याउने हेतुले एम्बेसी पनि गएकी थिइन्। तर एम्बेसीले ‘नमरेसम्म कुरेर बस अनि नेपालमै अन्त्यष्टि गर ‘ भनेपछि क्रिस्टिना आफै खटेर  फिलिप्सको उपचारमा लागि परेका छन्।

 

नेपालमा गैर कानुनी रुपमा बसेका बेलायती नागरिक फिलिप्सलाई नेपाल सरकार पक्षले कुनै कारबाही गरेको छैन। नेपाल सरकार र एम्बेसीले केहि वास्ता नगरेका कारण उपचारपछि  फिलिप्सलाई कहाँ लाने भन्ने अन्योलमा छिन। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया