पिएनपीखबर : सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न. ११ का २३ बर्षिय रमा ढकाल बिगत ४ महिनादेखि कलेजो खराबी भएर थलिएकी छिन। उनि घरको पहिलो सन्तान हुन्। जसलाई छोरी भनेर सानैमा बुबाले हेला गरे। बुबाको पनि कलेजो क्यान्सर भएर मृत्यु भएको थियो।
सानैबेला देखि बिरामी हुने उनको वि.स.२०१७१मा भएको हो। बिबाह भएको ४ बर्ष बित्दा पनि सन्तान नभएपछि श्रीमान श्रीमती अस्पतालमा स्वास्थ्य जांच गर्न गएका थिए। रिपोर्टमा कलेजोमा खराबी देखियो। अहिले उनले खानाको सट्टामा औषधि नै खाने गर्छिन। खाना खायो कि उल्टी हुन्छ। पेटमा ५ मिनेट भन्दा रोक्दैन। किन यस्तो भएको डाक्टरले नि पत्ता लगाउन नसकेको उनि बताउछिन।
उनको ९८ प्रतिशत कलेजो बिग्रीसकेको छ। नेपालमा प्रत्यारोपण गर्न नसकिने हुँदा भारतमा जानु पर्छ। कलेजो प्रत्यारोपण गर्न ५० देखि ६० लाखसम्म जुटाउनु पर्छ। काठमाडौँमा श्रीमान र श्रीमती दुवै जना काम गरेर जिबिको पार्जन गरिरहेका थिए। बिरामी भएकै कारण काम गर्न असक्षम भएपछि अहिले उनिले काम छोडीसकेका छन्। श्रीमान एक्लैको कामाइले अस्पताल धाउन पनि पुग्दैन ।
जसरि कृष्ण ओली र मेघा जस्ता पिडितहरुले नेपालीहरुको सहयोग मार्फत नया जीवन पाउनु भयो । म पनि भर्खर २३ बर्षको भए,म अझै जिउन चाहन्छु। ३ करोड नेपालीहरुको थोरै थोरै सहयोगले मैले नया जीवन पाउनेछ। भन्दै रमा ढकालले पिएनपिखबर मार्फत सहयोगको याचना गरेकी छिन।
दर्शकबृन्दहरु सेवा नै धर्म हो मनिसको चोला, कती बेर कस्लाई कस्तो अवस्थामा लान्छ कसैलाई थाहा हुन्न। भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानबको कल्याण जती धर्म कही भेटिन्न। तसर्थ रमा ढकालको उपचारको लागि आर्थिक सहयोगको लागि अनुरोध गर्दछौ।
तपाईहरुको सानो सहयोगले २३ बर्षिय युवतीले नया जीवन पाउने छ। जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि रमा ढकाल :९८१८३२५४६५ , शर्मिला गुरुङ: ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपिखबरको पेजमा पनि सम्पर्क गर्नसक्नुहुनेछ।
हेर्नुहोस भिडियो :