पिएनपिखबर, भक्तपुर : गत बुधबार सूर्यविनायक नगरपालिका १० चितापोलस्थित सल्लाघारी जंगलको खोल्सामा मानव कंकाल फेला परेको थियो। उक्त कंकाल सोहि स्थानका १५ बर्षिय राजेन्द्र कार्कीको रहेको खुलासा भएको छ।
महानगरीय प्रहरी वृत जगाती भक्तपुर र अपराध महाशाखा टेकु काठमाडौंको टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टम तथा सनाखतका लागि त्रिवि शिक्षण अस्पताल फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
मानव कंकाल नजिक भेटिएको कपडाको आधारमा सोहि स्थानका राजेन्द्र कार्कीले ०७५ मंसिर २७ गते देखि हराईरहेका आफ्नो १५ बर्षिय रबिन कार्कीको शव रहेको भनि भनि दाबी गरिएको छ। इट्टा भट्टामा काम गर्ने कामदारहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । बिगत ४ महिना देखि छोरा आउछ कि भनि बाटो हेरिरहेका कार्की परिवारले आफ्नो एक्लो छोराको कंकाल मात्र भेटिएको हो।
परिवारजनले आफन्त र प्रहरी कहाँ धेरै धाए तर छोरालाई सकुसल भेटाउन नसकिएको कार्कीकी आमा बताउछिन। अहिलेसम्म प्रहरीले यो शव रबिन कार्कीकै रहेको भनि प्रमाणित भने भएको छैन।
हेर्नुहोस भिडियो :