एजेन्सी : अमेरिकामा एक महिलाले आफ्नो ब्वायफ्रेन्डको एटिएम प्रयोग गरेर पैसा निकाल्न १ हप्तासम्म ब्वायफ्रेन्डको शव कोठामै राखेपछि पक्राउ परेकी छन् । अमेरिकाको मिशिगन शहरमा यस्तो घटना बाहिरीएको हो ।
४९ वर्षीया महिलाले ६१ वर्षीय व्वायफ्रेन्डको शव आफुबस्ने अर्पाटमेन्टको कोठामा कुर्सीमा राखेकी थिइन् । एक हप्तासम्म ती पुरुष घर नआएपछि उनका परिवारले प्रहरीमा रिर्पोट गरेका थिए । प्रहरीमा रिर्पोट गरेपछि ती पुरुषको शव १ हप्तादेखि मृत अवस्थामा रहेको रुपमा ती महिलाबस्ने अपार्टमेन्टको कोठामा फेला परेको हो ।
महिलामाथि मृत्यु लुकाएको र पैसाको लागि धोका गरेको आरोपमा लागेको छ । महिलाले ती पुरुषको एटिएम प्रयोग गरेर एक हप्तादेखि पैसा निकाल्दै आएको जनाइएकाे छ ।