सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

admin

नेपालगन्ज,चैत २९ :  भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् ।

कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ । यो समाचार अर्जुन ओलीले नागरिक दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू