घट्यो सुनको भाउ

मनिषा थापा

भक्तपुर : साताको अन्तिम दिन आजबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार तेजावी सुन ५९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

साथै, शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया