एकता प्रक्रिया चाँडो हुन्छ : उपप्रधानमन्त्री पोखरेल

admin

काठमाडौँ, २९ चैत : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै पार्टीका तल्लो तहदेखि नै एकता प्रक्रिया अगााडि बढ्ने बताउनुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा आफू तथा प्रदेशसभा सदस्य नारायणप्रसाद सिलवाल र दीपक निरौलाले  आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एकतामा भइरहेको ढिलासुस्तीले कार्यकर्तामा आइरहेको निराशा अब चाँडो अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री पोखरेलले पार्टीका अध्यक्षद्वयका साथै शीर्षनेताको एकताका विषयमा छलफल गर्न चन्द्रागिरिमा बैठक भइरहेको बताउँदै सबै जनवर्गीय सङ्गठनको नेतृत्व वैज्ञानिक रुपमा व्यवस्थापन गरिने स्पष्ट गर्नुभयो । सांस्कृतिक कार्यक्रमसमेत गरिएको उक्त समारोहमा मन्त्रिगण, सांसद, पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

-रासस

प्रतिक्रिया