लागुऔषधसहित बोगटी पक्राउ

admin

काठमाडौँ, ११ वैशाख : काठमाडौँको चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गाबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का मीनबहादुर बोगटीलाई लागुऔषधसहित प्रहरीले आज बिहान पक्राउ गरेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ८९४६ नंको बसमा जाँच गर्ने क्रममा बसमा खैरो हेरोइनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनाका विषयमा अनुसन्धान भइरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस्तै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट नियन्त्रित लागुऔषधसहित प्रहरीले महोत्तरीका विशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९ का २३ वर्षीय राम कार्कीलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नाइट्राभेट एक हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट बरामद भएको प्रहरीले जनाएको छ । 

 

यता काठमाडौँ महानगरपालिका– १३ ताहाचल बस्ने ७४ वर्षीया ज्ञानु केसीको करीब चार तोलाको सुनको सिक्री आज बिहान लुटपाट भएको छ । डल्लुमार्गबाट नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उक्त सिक्री लुटपाट गरी फरार भएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

-रासस

प्रतिक्रिया