वडाध्यक्ष घुससहित रङ्गैहात पक्राउ

admin

इटहरी, १६ वैशाख:  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्षलाई घुससहित रङ्गैहात आज पक्राउ गरेको छ । आयोगबाट प्रहरी निरीक्षक राजक कार्कीको नेतृत्वमा खटिएको टोलीले सुरुङ्गा वडाध्यक्ष मोहमद शिल्टु मियाँलाई पक्राउ गरेको अख्तियारका उपसचिव ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।  

मोहानी जग्गाको सिफारिश गरिदिने विषयमा सेवाग्राहीबाट रु २५ हजार घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका वडाध्यक्षलाई अनुसन्धानका लागि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ल्याइएको उहाँले जानकारी दिनुभयो  । रासस

प्रतिक्रिया