लागुऔषधसहित दुई जना पक्राउ

admin

हेटौँडा, १८ वैशाख : प्रदेश नं ३ प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ७१ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्ने २७ वर्षीय कर्णबहादुर हमाल र रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने २६ वर्षीय गौरी शंकर यादवलाई लागुऔषध गाँजा ७१ किलो, नगद रु ३० हजार र ना ५ ख ८१६४ नम्बरको ट्रकसहित पक्राउ गरेको हो ।

सूचनाको आधारमा मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकलाई जाँच गर्दा ट्रकको अगाडिको केविनको सिटमुनीबाट ५ वटा पोकामा जम्मा ७१ किलो लागुऔषध गाँजा र गाँजा धनी गौरीशंकर यादवको साथबाट नगद रु ३० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रतिक्रिया