हात्तीको दारासहित दुई जना पक्राउ

admin

भादगाउँ, १९ वैशाख : मध्यपुर थिमि–३ कौशलटारबाट प्रहरीले हात्तीको दारासहित दुई जनालाई पक्राउ गरेको छ । अन्दाजी २५० ग्रामको एक थान हात्तीको दारासहित बिक्री गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा हाल काठमाडौँ स्वयम्भूस्थित सानो भ¥याङ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–४ का ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका–५ का २३ वर्षीय भाष्कर पौडललेलाई आज साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो । उहाँका अनुसार ती दुवै जनालाई परिसरको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।रासस

प्रतिक्रिया