औंसीको दिन सरिताको माइतीमा चल्यो यस्तो रुवाबासी, मन थाम्नै सकेनन् आमा, दिदी र दाईले (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को हत्यामा संलग्न रहेका आरोपीहरुलाई आजीवन जेल सजायको माग सरिताको माइती पक्षको गरेको छ।

यति खेर मृतक सरिताकी आमाको घरमा रुवावासी चलेको छ। औसीको दिनमा छोरी आएर मुख हेर्थिन भन्दै सरिताकी आमा भकानिन। उनले भनिन्, ‘मेरो जेठी छोरी हरेक चाडबाड आउने गर्थिन। कहिले खोलेर घरको कुरा पनि गरिनन्। उनलाई सम्झेर आज घर नै बस्न मन लागेको छैन।उसको याद जति खेरै आइरहन्छ।’

मृतकका दाईले भने, ‘आफ्नो समस्या बहिनीले पहिला नै भनेको भए आज बहिनी हामीसंगै हुने थिइन। बहिनीले आफ्नो पिडा हामीलाई नभन्नु गल्ति भयो। ज्वाई एक्लोले मारेको हुनै सक्दैन। परिवारका सबै मिलेका छन्। ती ५ जनालाई जन्मकैद नै हुनुपर्छ।’

गत शुक्रबारको दिन प्रहरीले उनकै कोठामा मृतअवस्थामा फेला पारेको हो । बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकी थिइन। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसार, मृतकको घाँटीमा सानो डोरीको डाम बसेको, उत्तानो अवस्थामा फेला परेकी हुन् ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएता पनि छिमेकीले भने मृतकका श्रीमानले मारेको हुन् नसक्ने तर्क व्यक्त गरेका छन्। सासुसँग पहिले देखि नै खटपट भईरहने र छरछिमेकमा बोल्दा पनि सासुले अनेक गाली गर्ने एक स्थानीयले बताईन। जेठानी, जेठाजु र सासुससुरा मिलेर हत्या गरेको उनीहरुले आरोप लगाएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया