आरज केशबको निर्देशन अनि संगीतमा सुगम पोखरेलको नयाँ गीत “ब्लाईन्ड लभ” सार्वजनिक (भिडियो)

मनिषा थापा

नेपालको चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको नया गीत “ब्लाईन्ड लभ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा माधव न्यौपानेको शब्द रचना रहेको छ भने यस गीतमा आरज केशबको संगीत रहेको छ । यस गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन ।

ईनाक्सि ईन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको तथा यसै गीतको संगीतकार आरज केशबले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रबि चन्द ,दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ ।

माया, प्रेम ,त्याग अनि सम्झदारीको भाव प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेका छन भने भिडियोलाई प्रविन भट्टले सम्पादन गरेको हुन्। पोखराको विभिन्न आकर्षण लोकेशनहरुमा खिचिएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षण बनेको छ भने निर्देशकले अझ यस भिडियोलाई निकै मोहक रुपले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया