अफगानिस्तानमा १३ जना लडाकू मारिए

शर्मिला गुरुङ

काबुल, २९ बैशाख (रासस÷सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा भिडन्त भएको जनाइएको छ । अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक अर्को भिडन्तमा दुई सुरक्षाकर्मीको ज्यान गएको छ। बाघ्लान प्रान्तका गुप्तचर निकायका उपनिर्देशक गफुर खानले सुरक्षाकर्मी चढेको सवारी साधनलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया