१० बर्षिय छोराको पत्र खोलेको आरोपमा बुबालाई २ बर्षको जेल सजाय

रिता घिसिंग

पिएनपिखबर : स्पेनमा अदालतले १० बर्षिय छोराको पत्र खोलेको अभियोगमा २ बर्षको जेल सजाय सुनाएको छ। ३ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ। पितालाई आफ्नै छोराको निजी जीवनमा दखल पुर्याएको आरोप लगाएका छन्। पिताले छोराको नाममा आएको पत्र खोलेर हेरेका थिए। जुन खोल्न उनलाई अधिकार थिएन।

पत्र बालकको आमाकी बहिनिले पठाएका थिए। उक्त चिठ्ठी खोल्ने अधिकार उनको पितालाई थिएन। चिठ्ठीमा कसरी २०१२मा पिताले आमा माथि गरेको दुर्ब्यबहार र कसरी पिता बिरुद्ध लड्ने बारे लेखिएको थियो। पिताले अदालतमा यो साबित गर्ने कोसिस गरेका थिए। कसरी उनको सानी आमाले बयान दिनका लागि दबाब दिई रहेका छन्।

२०१२ मा बालकका आमाले उनको बुबा बिरुद्ध कानुन कारबाहीको लागि आवेदन दर्ता गरेका थिए। उनले श्रीमान बिरुद्ध निजि जानकारी सार्वजनिक रुपमा खुलासा गरेको आरोप लगाएका थिए।

उक्त चिठ्ठी बुबाले पढेको थाहा पाएपछि सानीआमाले अदालतमा २ बर्षको जेल सजाय र ३ लाख ७५ हजार जरिवानाका साथै उनको वकिलमाथि २ लाख ७० हजार अतिरिक्त जरिवाना लगाउन माग गरेका थिए। यसको कारण भने खुलाएको छन्।

पिताले आफ्नो बचाऊको लागि उक्त पत्र गल्तिले खोलेको बताएको छ। पत्रमा लेखिएको कुरा उनले ठुलो छोरालाई सुनाएका थिए। अभिभावक भएको नाताले पत्र खोल्ने हक पिताको रहेको वकिलले बताएका छन्। एक अभिभावक भएका कारण उनका पिताले के गरे र यसको फैसला आउन भने बाँकि नै छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू