काठमाडौं : सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
आईतबार राजधानीको रिपोर्टर्स कल्बमा पत्रकार सम्मेलन गरी आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो । साथै समितिले सो विधेयकको विरोधमा असार २ गतेदेखि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
जस अन्तर्गत असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घन्टा बजाउने, असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्ने र १० गते काठमाडौं उपत्यका बन्दलगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
हेर्नुहोस भिडियो :