पूर्वखोलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

राष्ट्रिय समाचार समिति

रामपुर, १५ असार: पाल्पाको पूर्वखोला गाउँपालिका– १ सिलुवामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकामा बेरोजगार रहेका ५० जनाले आजदेखि रोजगारी पाएका वडाअध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो ।



गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले आज एक कार्यक्रमको आयोजना गरेर कामदारलाई गैंटी, बेल्चा, कामदारले लगाउने पोशाक, हस्तान्तरण गर्दै सही तरिकाबाट काम गर्न आग्रह गर्नुभयो । बेरोजगार बसेका युवाले आज पहिलो दिन वडाकार्यालयको अगाडि चौतारी निर्माण गरेका छन् ।

सोमबारदेखि वडाभित्र कुलेसा निर्माण तथा वृक्षरोपण गर्ने गाउँपालिकाले जनाएको छ । बेरोजगार युवालाई गाउँपालिकाले सो वडामा रु एक लाख ५० हजार विनियोजन गरी रोजगार प्रदान गरेको हो । रासस

प्रतिक्रिया