काठमाडौँ : ‘बालबालिकाहरुको साथी क्याप नेपाल’को आयोजनामा शनिबार भएको एचआईभी/ एड्स तथा लागुपदार्थ दुर्व्यसनी सम्बन्धित जनचेतना कार्यक्रममा २५० भन्दा बढी सहभागीको उल्लेखनीय सहभागितामा सम्पन्न भयो । उक्त कार्यक्रम दुई चरणमा विभाजित थियो ।
पहिलो चरणमा प्रमुख प्रशिक्षक श्रीराम केसीले कार्यक्रम सहभागी विद्यार्थी , युवा , महिलाहरुलाई यौन रोगहरुमा जटिल एचआईभी/एडसको विषयमा बृहत ज्ञान प्रदान गर्नुभयो। साथै सस्थाका सह-सचीव सुवास खतिवडाले साहायक प्रशिक्षकको रुपमा विषय बस्तु सहजीकरण गर्नुभएको थियो।
दोश्रो चरणको कार्यक्रम औपचारिक रुपमा संचालन भएको थियो। उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर प्रमुख अतिथिको रुपमा पाल्नु भएको थियो । उहाँले यस नगरभित्र यस्ता प्राणघातक रोगको निराकरण तथा साबधानीमा विशेष रुपमा लिएको बताउदै स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधारको लागि सदैव लागि पर्ने बाचा समेत गर्नुभयो । यस्ता कार्यक्रमलाई प्राथमिकता दिदै लागुपदार्थले समाजमा पारेको नकारात्मक प्रभावबारे समयमै सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो।
त्यस्तै, कार्यक्रममा विशेष अतिथिको रुपमा उपमेयर शान्ति नेपाल हुनुहुन्थ्यो। कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरपालिका, सर्वनाम शिक्षालय, सुरक्षा निकाय, स्वयंसेवक, प्रेस जगत सबैलाई धन्यवाद दिदै कार्यक्रम क्याव नेपालका अध्यक्ष सन्तोष चौलागाईंले समापन गर्नुभएको संस्थाका कार्यकारी सरोज प्रसाद चौलागाईंले बताउनुभयो।