सत्र वर्षपछि फरार अभियुक्त पक्राउ

राष्ट्रिय समाचार समिति

भोजपुर, १९ असार : सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ । रासस

प्रतिक्रिया