काठमाडौं, २५ असार : साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा हिजो स्थिर रहेको सुनको भाउ आज ओरालो लागेको छ । हिजो मंगलबार प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । हिजो मंगलबार प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार तेजावी सुन आज ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मुल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।