अभिनेत्री प्रियंका चोपडाले भनिन्, ‘मैले पनि यौन उत्पीडनको सामना गर्नुपर्यो’

मनिषा थापा

एजेन्सी : बलिउड नायिका प्रियंका चोपडामाथि यौन शोषण भएको खबर बाहिरिएको छ। अभिनेत्री प्रियंका अमेरिकाको न्यूयोर्कमा १०औ महिला सम्मेलनमा बोल्दै प्रियंकाले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।

उनले भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउँछ, अब एकअर्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउँछ।’

उनले अगाडी भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ । हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै लाज छैन ।

#MeTOO अभियान अन्तर्गत विश्वभर यौन शोषणका घटनाहरु बाहिर आएका थिए र अहिलेपनि आइरहेका छन् । बलिउडमा यसअघि नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास बहलजस्ता अभिनेता र निर्देशकलाई यौन शोषणको आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू