अमेरिकाले इरानी ड्रोनलाई आफ्नै सम्झिएर खसाले पछि

मनिषा थापा

एजेन्सी : अमेरिकाले आफ्नो ड्रोन खसालेको खबर बाहिरिएको छ। तर उक्त ड्रोन अन्जानमा खसालेको बताइएको छ। इरानका उपविदेशमन्त्री अब्बास अराक्चीले इरानको कुनै पनि ड्रोन ध्वस्त नभएको बताएका छन् ।

 

स्ट्रेट अफ होर्मुजमा अमेरिकाद्वारा खलासिएको भनिएको ड्रोन अमेरिकाको नै भएको उनको भनाइ छ । अमेरिकाले आफ्नै ड्रोनलाई इरानी ड्रोन भनेर ध्वस्त गरेको अब्बासले भने ।

‘स्ट्रेट अफ होर्मुज र अन्य क्षेत्रमा इरानको कुनै पनि ड्रोन ध्वस्त भएको छैन । बरु अमेरिकाले झुक्किएर आफ्नै ड्रोन खसालेको हो’, अब्बासले आफ्नो ट्विटरमा लेखेका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपतिले इरानी ड्रोन खसालेको दाबी गरेपछि अब्बासको यस्तो टिप्पणी गरेका हुन् । इरानी ड्रोनले पटक-पटक दिएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी जल सेनाले इरानी ड्रोन ध्वस्त पारेको ट्रम्पको दाबी थियो ।

पछिल्लो समय अमेरिका र इरानबीच पर्सियाको खाडीमा तनाब चर्कँदै गएको छ । केही समयअघि इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन खसालेपछि दुबै देशबीचको तनाब उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया