अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस अन्य देशको विनिमय दर

रिता घिसिंग

पौष १७, काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ २७ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ९४ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ८४ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ७४ पैसा रहेको छ।

प्रतिक्रिया