आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, ५ फागुन : आज साताको पहिलो दीन अर्थात आइतबार पनि सुनको मूल्य उकालो लागेको छ ।

शुक्रबार ६२ हजार एक सय रुपियाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने ६१ हजार आठ सय रुपियाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया