आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, २८ जेठ : आज साताको तेश्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज सुनसँगै चाँदीको भाउपनि स्थिर छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया