आज सुनको भाउ

मनिषा थापा

काठमाडौं : आज साताको दोस्रो दिन (सोमबार) सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने आइतबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया