आधा विश्व भयानक चिसोको प्रकोपमा, तर एक यस्तो देश जहाँ सडक र टायर नै पग्लिने गरी अत्याधिक गर्मीको चपेटामा [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर : झन्डै आधा विश्व भयानक चिसोको प्रकोप झेलिरहेको बेलामा एक यस्तो देश पनि छ, जहाँ हालै अत्याधिक गर्मीका कारण सडक नै पग्लिरहेको छ। हामी कुरा गर्दै छौ अष्ट्रेलियाको। यस देशमा मानिसहरु भीषण गर्मीको चपेटामा छन्।

यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगिसकेको छ। जसकारण सडकका अलकत्राहरु पग्लिदै गएको छ।

  मीडिया रिपोर्ट्सको अनुसार तेज रफ्तार चल्ने गाडीको टायर पनि फाटेर अलकत्रामा टासिने गरेको छ। यो भन्दा पनि खराब हालत जनावरहरुको भएको छ। अत्याधिक गर्मीका कारण हजारौ जनावर मरिरहेका छन्। 

खबर अनुसार अष्ट्रेलियाको दक्षिण-पूर्वी इलाकाका कयौ ठाउँमा तापमान ४८ देखि ५० डिग्री सेल्सियससम्म पुगेको छ। तातो हावा चलिरहेकाले यहाँ ओजोन अलर्ट घोषित गरिएको छ।

गर्मीको प्रकोप पछि अष्ट्रेलिया सरकारले मानिसलाई घाममा निकल्न नहुने सल्लाह दिइएको छ। तातो हावा र ओंजनमा हलछल मच्चिएकाले धेरैखालका समस्या उत्पन्न हुन् सक्ने सरकारले नागरिकहरुलाई जानकारी दिएको छ। यहाँको तापमानले ८० वर्ष पुरानो रेकर्ड तोडेको छ। मानिस गर्मीबाट बच्नको लागि शितल खोज्दै हिडिरहेका छन। 

कुनै क्षेत्रमा तापमान ४७ डिग्री पनि रहेको छ। यस्ता अत्याधिक गर्मीका कारण १० लाखभन्दा बढी माछा मरिसकेका छन् भने एडिलेडमा गर्मीले गर्दा कयौ जंगलमा भयानक आगो समेत् लागेको छ। जसमा परेर थुप्रै जनावर मरेको जानकारी छ। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू