आफ्नै कुकुरलाई पेट्रोल हालेर जलाउन सक्ने मानवता नभएको निर्दयी मालिक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको हात्ती गौडास्थित विष्णुमति किनारमा रहेको करुणा पशु स्याहार केन्द्रले सडकमा कुनैपनि जनावरले लाचार जीवन विताउन नपरोस भन्ने उद्देश्यका साथ विरामी भएका जनावरलाई नयाँ जीवन दिदैँ आएको छ । यो केन्द्रले नाजुक अवस्थामा पुगेका पशुहरुको उद्धार गर्दै आएको छ ।

संस्थाले बाटोमा नाजुक अवस्थामा रहेका जनावर कुकुर र गाईलाई उद्धार गर्दै आएको यस संस्थाले सोमबार लगनखेलको अलपत्र अवस्थामा छोडेको भैँसीलाई सोमबार उद्दार गरेको छ। २७ वर्ष अगाडि स्थापना गरेको यो संस्थाले बाटोमा रहेका चोटपटक, कुनै रोगले ग्रस्त भएका कुकुर र गाईलाई उद्धार गरी उपचार तथा सामान्य चोटपटक लागेकालाई बाटोमा नै उपचार गर्दै आइरहेको संस्थामा आबद्ध नेहा श्रेष्ठले बताइन। उनी विगत १५ वर्ष देखि यस संस्थामा कार्यरत छिन्।

उनको अनुसार संस्था रहेको स्थानलाई महँगो भाडा तिर्दै आएको र अब केहि समयपछि ठाउँ छोड्नु पर्ने भएको छ । महिनामा लगभग डेड लाख भन्दा बढी खर्च हुने र उक्त खर्च संस्थामा भएकाहरुले व्यहोर्दै आएका छन् । उनीहरुलाई सरकारबाट कुनै सहयोग नमिलेको श्रेष्ठ बताउँछिन्। उनले एउटा रेस्क्यु गरिएको कुकुरको बारे बताउदै भनिन्, ‘मानिसहरु यति निर्दयी हुन्छनकी काठमाडौँको बौद्धस्थित आफ्नै मालिकले घरमा पालेको कुकुरलाई पेट्रोल हालेर जलाएर र घाइते बनाए। हामीले त्यसकुकुरलाई अस्पतालबाट उद्दार गर्यौ। आज उ निकै स्वस्थ र राम्रो छ।’

संस्था विकसित मूलुकमा जस्तै जनावर मूक्त सडक बनाउन लागिपरेको छ । तर सरकारकाे भने यस्तो विषयमा ध्यान नदिएको संस्थाको सदस्यहरुको गुनासो छ। घाइते जनावरहरुको लागि भेटनरी डाक्टरको पनि यस संस्थामा व्यवस्था छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू