आफ्नै भान्जाद्वारा यौनदुर्ब्यबहार र हत्याको प्रयास : रगतको धारासहित जाँदा पनि प्रहरीले उजुरी लिएन भन्दै कल्पना मिडियामा

मनिषा थापा

पिएनपिखबर : सिन्धुली घर भएकी कल्पना बस्नेत खड्कालाई आफ्नै भान्जाले यौनदुर्ब्यबहार तथा हत्या गर्ने प्रयास गरेको घट्ना सार्वजनिक भएको छ।

उनका भान्जा अनिष थापाले पटकपटक उनलाई यौन प्रस्ताब गरिरहेका थिए। विगत दुई वर्ष देखि नै सल्लाहमा शारीरिक सम्बन्ध बनाउनु नत्र बलात्कार गरेर मार्दिन्छु भन्दै धम्कि दिईरहे पनि आफुले वास्ता नगरेको उनी बताउछिन्। कतैबाट पनि न्याय नपाएको कारण न्यायको खोजी गर्दै उनी र उनका श्रीमान काठमाडौँ आएका हुन।

२३ गतेको दिन सिन्धुली कमलामाई नगरपालिका लक्षुमण चोकस्थित सडकमै भान्जाले उनीमाथि हमला गरेको उनको आरोप छ। उनी भन्छिन, ‘तैले अश्लिल फोटो किन पठाईनस ? यौन प्रस्ताब सहर्ष किन अस्विकार गरिस भन्दै भान्जाले टेनिसको ब्याटले ठाउँकोमा प्रहार गरे। मेरो गोप्य शरीरमा छुने देखि अनेक हर्कत गरेर प्यान्ट नै च्यातिदिए। करिब आधा घण्टा कुटपिट गरेर गरगहना समेत् लगे।’ उनले थपिन, ‘ममाथि अहिलेसम्म ४ औ पटक कुटपिट भईसकेको छ। पहिला पनि जेठी आमाजू र भिनाजुले कुट्ने गरेको थिए।’ अहिले उनको टाउँकोमा टाँका लगाइएको छ भने हातभरि चोट नै चोट छ।

सम्पतिको लागि कल्पनाको आमाजुको परिवार नै मिलेर यस्तो चरम यातना दिएको कल्पनाले बताईन। उनले आन्तरिक समस्यालाई बाहिर नलेराउने भनेर सहेरै बसेको र अहिले अत्याचार बढ्दै गएपछि मिडियामा आउँन बाध्य भएको उनको भनाई छ।

अनिषले कल्पनालाई कहिले बुढालाई मार्दिन्छु त कहिले तेरो माइतीलाई नै सिध्याईदिन्छु भन्दै पटकपटक धम्की दिएको म्यासेजको स्क्रिनशट कल्पनाले प्रमाणस्वरूप राखेकी छिन्। सम्पतिको लोभमा ६ वर्ष देखि धम्कि र कुटपिट गरे पनि उनीहरु सफल नभएको कल्पनाका श्रीमान बताउछन।

कल्पना र उनका श्रीमानले पछिल्लो घट्ना पछि उजुरी गरे तर पनि प्रहरीले वास्ता गरेनन्। घट्नाको शुरुवाती अबस्था देखि नै प्रहरीको पनि संलग्नता रहेको उनको आरोप छ। कल्पना भन्छिन, ‘म रगतको धारा बगाउँदै प्रहरी चौकी पुग्दा समेत् प्रहरीले उजुरी दर्ता गराएनन्।’ प्रहरी, दिदिभिनाजु र वडा अध्य्क्ष मिलेर आफुलाई घरबाट निकाल्न समेत आएको कल्पनाका श्रीमान कृष्ण खड्काले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया