आमिर खानकी अनस्क्रिन छोरीले ज्याकेट खोलेर देखाइदिएपछि छक्क परे मिडिया कर्मी

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता आमिर खानकी छोरी इरा र अनस्क्रिन छोरीको भूमिका गरिसकेकी सान्या मल्होत्रा गएराती पार्टीमा देखिए । पार्टीको एउटा भिडियो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । पार्टीमा इराको हातमा ड्रिंक देखिएको छ र उनी सान्यालाई अंकमाल गरिरहेकी छिन् । यही बीचमा क्यामेरा देखेपछि सान्याले आफ्नो ज्याकेट खोल्दै एक्सपोज गर्न थाल्छिन् । सान्याले ज्याकेट खोल्दै केहीबेर बोल्ड पोज पनि दिइन् । पार्टीमा इरा र सान्याको मित्रता पनि देखियो ।

सान्या मल्होत्रा र इरा खानको उचाइ र व्यक्तित्व यतिसम्म मिल्छ कि सामाजिक संजालमा मानिसहरु अल्मलिए कि आमिरकी वास्तविक छोरी कुन हुन् भनेर। केही प्रयोगकर्ताले सान्याकी छोरी कुन हुन् भनी प्रश्न सोधेका छन् । केहीले भने सान्याले ज्याकेट हटाएको विषयमा पनि प्रश्न उठाएका छन् । सान्याले फिल्म दंगलमा आमिर खानकी छोरी बबिता फोगाटको भूमिका गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू