उनीहरुको भेट जन्मेकै दिन अस्पतालमा भयो, भेटेको ३० बर्षपछि गरे बिबाह

रिता घिसिंग

एजेन्सी : अष्ट्रेलियाको मेलवर्नमा बस्ने न्युलविड जिमा र डानिइल लङलीको भेट जन्मभएको केहि समयपछि अस्पतालमा भएको थियो। जुन अस्पतालमा उनीहरु सँगै जन्मिएका थिए।बालापनदेखिको सम्बन्ध ३ दशकपछि अन्ततः विवाहमा परिणत भयो। उनीहरुको जन्म अष्ट्रेलियाको मेलवर्नस्थित विलियम एन्जलिस अस्पतालमा १९८९ को अप्रिल १४ र १५ मा भएको हो।

जिमाको १५ र डानिइलको अप्रिल १४ मा एउटै अस्पतालमा जन्म भएको थियो। उनीहरुको घर नजिँकै थियो र अस्पतालमै आमाबुबाले पहिलो साथिका रुपमा उनीहरुलाई भेटाएका थिए।

विस्तारै हुँर्कदै गएका उनीहरु असल साथी बने। लामो समयसम्म असल साथीका रुपमा रहेका उनीहरु अन्ततः आमाबुबालाई सरप्राइज दिने निर्णयमा पुगे।
२०१६ को नयाँ बर्षको पूर्वसन्ध्यामा उनीहरुले आमाबुबा सहभागी एक कार्यक्रममा नै विवाह गर्ने घोषणा गरे। त्यसको एक बर्षपछि २०१७ को अप्रिलमा मन्ट डु सोलिलमा विवाह गरेका हुन्।

उनीहरु त्यस्ता पति पत्नी बन्न पुगे जुन सम्बन्धको सुरुवात जन्मेदेखिनै भएको थियो। अबको केहि समयपछि उनीहरु आमा बुबा समेत बन्दै छन्।

प्रतिक्रिया