ऋतिक रोशनकी ६४ बर्षिया आमाले वर्कआउट गरेको भिडियो सामाजिक संजालमा भाइरल हुदै

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेता ऋतिक रोशन मात्र नभई उनकी आमा पिंकी रोशन पनि फिटनेसको बिषयमा सजक छिन। स प्रमाण स्वरुप उनले एक्सरसाइज गरिरहेको भिडियो आफ्नो इन्स्टाग्राम अकाउंटमा पोस्ट गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल नै भैरहेको छ।

६४ बर्षिय पिंकी रोशन एक दिन पनि वर्कआउट मिस गर्दिनन्। उनको वर्कआउट शेड्यूलमा वेट ट्रेनिंग, किक बॉक्सिंग, योगा शामेल छन्। आफ्नी आमाको फिटनेस प्रतिको प्रेम देखेर ऋतिक पनि प्रभावित भएका छन्। उनले एक अन्तरबार्तामा भनेका थिए ‘म उनीबाट निकै प्रभावित छु। मेरी आमा महिला शक्तिको जिउदो उदाहरण हुनुहुन्छ। उनि एक सशक्त महिला हुन् जसले आफ्नो अनुभवबाट अरुलाई प्रेरित गर्ने गर्छिन। ‘

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू