एपेन्डिक्सको अप्रेसन गर्दा १७ बर्षीय अभिषेक कोमामा [भिडियोसहित]

रिता घिसिंग

पिएनपीखबर, भक्तपुर। भद्रपुर ४,करेला चोक निवासी बुबा धनमान आङ्देम्बे र आमा पनिता जवेगुको कान्छा छोरा १७ वर्षीय अभिषेक आङ्देम्बे आर्थिक अभावका कारण जीवन मरणको दोसाँधमा रहेका छन्। एक हप्ता अघि उनलाई भद्रपुरकै मेची हस्पिटलमा एपेन्डिसको अप्रेसन गर्न भर्ना गरिएको थियो। सामान्यतया अप्रेसन गरेपश्चात केहि दिनको हस्पिटल बसाई पछि उनी जीवनको दैनिकीमा फर्किनु पर्ने थियो।

विडम्बनाको कुरा त्यस्तो हुन सकेन उनी कोमामा गए। अहिले उनी बिर्तामोडको बिएण्डसिको आइसीयुमा भर्ना भएका छन्। एक हप्ता देखि नै उनी आइसीयुमा छन्। उनको अझै होस् खुलेको छैन। डाक्टरले जानकारी दिए अनुसार उनलाई अझै दुई महिना अस्पतालमा नै राख्नु पर्छ। अहिले उनको एक दिनको खर्च ३० हजार छ। दुई महिना सम्मको अस्पताल भर्नामा उनलाई बिस लाख भन्दा धेरै रकम चाहिने भएको छ।

उनको घरको पारिवारिक अवस्था निकै नै कम्जोर भएकोले उनको बुबाआमाले यति धेरै खर्च धान्न सक्ने स्थिति नै छैन। १७ वर्ष कै कलिलो उमेरमा छोराको यस्तो हालत भएकोले आमाबुबा पिरल फु गर्दा ढल्ने भैसकेक छन्। लाउ लाउ खाउखाउको उमेरमा जीवन र मरणको दोसाधमा आफ्नो छोरालाई देख्दा कुन आमाबुबाको मन रसाउन्न र ? आशु बगाउनु बाहेक अरु केहि गर्ने बिकल्प पनि त उनीहरुसँग छैन।

पैसा भगवान होइन तर भगवान भन्दा कम पनि छैन। पैसा जिन्दगि हैन तर जिन्दगीको अर्को रुप हैन भन्न सकिन्न ! पैसा कै कारण आज अभिषेकको जीवन धरापमा छ। कर्कलाको पातमा परेको पानीको थोपाहरु चिप्लिएर यत्रतत्र उछिट्टियझै हामी नेपालीहरु देश विदेशमा छुट्टिएर बसेका छौ। यद्दपि आपतविपतमा एक नेपालीले अको नेपालीले जसरि भए पनि सहयोग गरिरहेका छन्। अब फेरी एक पटक आम नेपालीको नैतिक तथा आर्थिक सहयोग अभिषेकलाई खाचो छ।

विशाल हृदय भएका यहाँहरु सम्पूर्णलाई १७ वर्षीए अभिषेकको जीवन बचाईदिनु हुन विनम्र अनुरोध गरिन्छ। सक्नेले धेरैथोरै आर्थिक सहयोग नसक्नेले यो भिडियो शेयर गरेर भए पनि मनकारी सहयोगी मन सम्म पुराइदिन नभुल्नुहोला।

सहयोग गर्ने माध्यम

खातावलाको नाम : विरेन्द्र कुमार लिम्बु
रास्ट्रीय वाणिज्य बैंक : २२१००२५२५११० 
सम्पर्क नम्बर : ९८१६९४३७३२/ ९८८०३९६४५२

हामि मार्फत सहयोग गर्न चाहानेले :
पिएनपि मिडिया: ९८५१०१८०६३ / शर्मिला गुरुङ : ९८८०३९६४५२ / मनोज खड्का: ९८६०३०१४९०

प्रतिक्रिया

सम्बन्धित समाचारहरू