ओली सरकारलाई चुनौती, गंगामाया अन्तराष्ट्रिय अदालत गएमा के हुन्छ? सम्पूर्ण नालीवेली (भिडियो)

शर्मिला गुरुङ

काठमाडौँ: नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले गंगामाया अधिकारीले ढिलोचाडो जुन बिकल्प अपनाएर भएपनि न्याय पाउनेमा कुनै दुइमत नभएको बताएका छन। ‘न्याय दिए भनेर हुदैन, पाउनेलाई पाएको अनुभूत हुनूपर्छ’ भन्दै अर्यालले गंगामायालाई झुक्काउने, थर्काउने, सत्याग्रहको बदनाम गराउने , न्याय ओझेलमा पार्न खोज्ने सबै सजायको भागीदार हुने बताएका छन।

न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी हुन् । गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा लबिङ गर्दै आएका नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल आफै बबरमहलस्थित जिल्ला प्रशासनमा पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कारबाही नभएको भन्दै गंगामाया आन्दोलित छन् । छोरा कृष्णप्रसादको न्यायका लागि लामो समय अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको यसअघि नै अनशनका क्रममा ज्यान गइसकेको छ । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू