कम्प्युटरलाई भाइरसबाट यसरी बचाउनुहोस्

रिता घिसिंग

एजेन्सी : आधुनिक समाजमा कम्प्युटर धेरैका लागि अत्यावश्यक भइसकेको छ । कार्यालयहरूमा कम्प्युटर अनिवार्य बनिसकेको छ । कम्प्युटरका माध्यमले विश्वभरिका सूचना आदान–प्रदान गर्न सकिने भएकाले पनि यसको लोकप्रियता बढेको हो । यद्यपि, कम्प्युटरमा विभिन्न समस्या आइरहन्छन् । यसलाई सजगताका साथ सञ्चालन गर्न जरुरी हुन्छ । कम्प्युटर ह्याङ हुने गुनासो पनि धेरैको हुन्छ । कम्प्युटरमा भाइरस लागेमा काममा बाधा उत्पन्न हुन्छ । यसले कैयौँ समस्या निम्त्याउँछ । त्यसैले कम्प्युटरलाई भाइरसबाट जोगाउन यस्ता कार्य गर्न सकिन्छ :

भाइरस लागेपछि – कम्प्युटरमा भाइरस लाग्यो भने कम्प्युटर बिस्तारै चल्ने, फाइलहरू हराउने, कम्प्युटर आफैँ बन्द हुने, अनावश्यक फाइल बनेर मेमोरी फुल हुने, फाइल नखुल्ने, कम्प्युटरमा अनावश्यक सर्टकट भएर बस्नेजस्ता समस्या देखा पर्छन् ।कम्प्युटरमा रहेको ब्लुटुथ, फाइल सेयरिङ फिचर, वाइफाई आदिबाट भाइरस सर्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।इन्टरनेटबाट अनावश्क सफ्टवेयर डाउनलोड, प्राइभेट सफ्टवेयर कपी, नेटवर्कबाट डाटा एस्चेन्जजस्ता गतिविधि गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।भाइरसले आक्रमण गरेपछि कम्प्युटरले खुल्नका लागि पनि बढी समय लिने गर्छ ।

कसरी बचाउने रुजथाभावी अनलाइन साइटहरू खोल्दा भाइरस सर्ने सम्भावना हुन्छ । त्यस्तै, अरूको विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि जोकोहीले पठाएको इमेल चेक गर्नुहुँदैन । बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना भएकाले एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टिभाइरस नराख्नेजस्तो गल्ती गर्नुहुँदैन ।पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सनु हुँदैन ।

प्रतिक्रिया