कम्बोडियाका प्रधानमन्त्री हुन सेनको झन्डै एक घण्टा यसरी बित्यो पाटनमा [फोटो फिचर]

शर्मिला गुरुङ

ललितपुर, १४ मङ्सिर : कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गर्नुभएको थियो । उहाँले हिरण्यवर्ण महाविहारमा पूजासमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गर्नुभएको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ आउनुभएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनुहुनेछ ।” प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिनुभएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

 तस्बिरः नवीन पौडेल, रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू