काट्ने अवस्थामा रहेको धानबाली असिनापानीले नष्ट

admin

डोटी, २६ असोज : जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।” दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । रासस

प्रतिक्रिया