कानुन बनाउने नाममा फेरी पनि प्रेसको घाँटी निमोठिदैछ : अध्यक्ष पुष्कर बुढाथोकी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ। अहिले तमाम प्रेस जगत काउन्सिल विधेयकको विरोधमा उत्रिएका छन् । 

यस विषयमा बोल्दै भक्तपुर, पत्रकार महासंघका अध्यक्षले भने, ”नयाँ कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटी निमोठ्नी काम भएको छ। पत्रकारितालाई निरुत्साहित गर्न खोजिएको छ।” उनले थपे, ”अहिले सरकारी जग्गा अतिक्रमण गर्ने देखि भ्रष्टचारका समाचारहरु आउँन थालेपछि सरकार केहि रुपमा डराएर प्रेसलाई कसेर आफु बल्यो हुन् खोज्छ।”

समाचार लेखेकै भरमा १० लाख को जरिवाना लाग्ने प्रावधान आएको छ जसले खोजी पत्रकारितामा कुण्ठित लगाउन खोजिएको उनको गुनासो छ। यस्तो प्रावधान नेपाली प्रेसलाई मान्य नभएको उनको भनाई छ। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू