केजीएफका हिरो यशसँग भेट्न असफल भएपछि यी फ्यानले गरे आत्महत्या !

मनिषा थापा

एजेन्सी : अहिले चलिरहेको फिल्म केजिएफ़का हिरो यशका फ्यानले आफुसंग नभेटेको भन्दै आत्महत्या गरेका छन् । रवि नाम गरेका उक्त फ्यानले ८ जनुअरिमा यशकै घर अघि आत्महत्या गरेका हुन् । त्यो दिन यशको जन्मदिन थियो ।

 

हरेक वर्ष उनको जन्मदिनमा रवि उनको घर अघि बसिरहन्थे र उनिसंग सेल्फी खिचेर मात्र फर्कन्थे । तर यस पटक यशले बिशेष कारणले आफ्नो जन्मदिन नमनाउने निर्णय गरेका थिए र फेसबुकमा एक भिडियो पोस्ट गर्दै यसको जानकारी पनि दिएका थिए । तर दिन भर कुर्दा पनि यशको घर भित्र जाने अनुमति नपाएपछि उनले उनकै घरको बाहिर पेट्रोल खन्याएर आगो लगाए ।

घटनाको समयमा आसपास रहेका व्यक्तिले आगो निभाएर रविलाई विक्टोरिया अस्पतालमा भर्ना गराए । तर, हस्पिटल लैजान ढिलो भएका कारण उनको निधन भइसकेको थियो । उनको ७० प्रतिशन बढी सरिर जलिसकेको थियो । सुसाइडको बारेमा जानकारी पाएपछि ‘केजीएफ’ अभिनेता यश अस्पताल पुगेर रविको परिवारलाई सान्त्वना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू