क्षमताभन्दा बढी टिकट बिक्री गरेको आरोपमा नेहा कक्करको कन्सर्ट आयोजक पक्राउ

शर्मिला गुरुङ

काठमाडौँ : काठमाडौंमा गत शनिबार भएको बलिउड गायिका नेहा क्ककरको कन्सर्टका आयोजक ठगीको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित एलओडिकी संचालक दीपक घिमिरेसहित ३ जना पक्राउ परेको हुन्।

क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। २ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो।

कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए। उनीहरुको रकम फिर्ता गर्ने उद्धेश्यले पनि संचालक घिमिरेसहित ३ जना पक्राउ गरेको हो।

प्रतिक्रिया