गर्भवती महिलाले भुलेर पनि नखानुहोस् यी ९ चीज

रिता घिसिंग

एजेन्सी : गर्भाअवस्थामा महिलालाई विभिन्न किसिमका परिकारहरु खान मन लाग्छ । कसैलाई माछा, मासु हेर्न पनि मन लाग्दैन् भने कसैलाई माछा, मासु मात्रै खान मन लाग्छ । कसैलाई अमिलो पिरो खान मन लाग्छ त कसैलाई गुलियो र नुनिलो खानेकुराहरु खान मन लाग्ने गर्छ ।

गर्भावस्थामा यस्तो रोग आइरनको कमिले गर्दा हुने गर्छ भनिन्छ । गर्भावस्थामा भिटामिनको कमि हुने र चाहिएको भिटामिन शरीरले मागेका कारण यस्तो हुने डाक्टरहरु बताउँछन् । तर कुनै चीज यस्ता पनि हुन्छन् जुन कुरा हामीले गर्भावस्थामा सेवन गर्दा बच्चासहित आफुलाई समेत असर पुर्‍याउँछ । आज हामी गर्भावस्थामा के सेवन गर्न हुन्छ र के हुँदैन भन्ने कुराको जानकारी दिनेछौ ।

१ कच्चा केक
कोही महिलाहरु यस्ता पनि हुन्छन जो गर्भावस्थामा कच्चा खानेकुरा मन पराउँछन् । जस्तैः केक बनाउन लागेको छ भने उनीहरुलाई केक चाख्नको हतार भइसकेको हुन्छ तर तपाईलाई थाहा छ उक्त चीजले पेटमा रहेको बच्चालाई कति असर पुर्‍याउँछ ? यदि थाहा छैन भने थाहा पाइराख्नुस ।

यदि तपाई गर्भववती हुनुहुन्छ भने कुकिज बनाउने आँटा गर्भवती भएको बेला प्रयोग गर्न हुँदैन किनभने कुकिज बनाउने आँटामा कुहिएका अण्डा मिश्रण गरिएको हुन्छ । जसमा साल्मोलेना जस्ता भयानक किटाणुहरु रहने गर्छन ।

२ जंक फुड
गर्भावस्थामा जंक फुड मन नपराउने महिला सायद कमै हुने गर्छन । केही जंक फुडले तपाईलाई सिधै असर गर्दैनन् । तर तपाइलाई शरीरमा न्यूट्रिएट्सको कमी गरिदिन्छन । यसमै सम्पुर्ण गर्भवती महिलाहरुको भलाई हुन्छ यदि यस्ता फुडहरु खान छोडेर पौष्टिक आहारा युक्त खाना खानुहोस् ।

३ सलाद तथा पहिले भाग काटेर राखेका फल
प्याक गरिएर राखेको सलाद गर्भवती महिलाका लागि हानिकारक हुन्छ । जति सकिन्छ आफैले बनाएर ताजा खाना खानुहोस् । नसके खाँदै नखाने गर्यो भने मात्र बच्चा र आमाका लागि सलाद विषेश प्रभावकारी हुन्छ ।

गर्भाअवस्थामा महिलाले हरियो ताजा शब्जी र फलफुल खाँदा निकै राम्रो हुन्छ तर पहिले देखि नै काटेर राखेको शब्जी वा फलफुल खाएमा बच्चा तथा आमालाई समेत असर पर्ने हुन्छ किनभने काटेर राखेका शब्जी तथा फलफुलमा ब्याक्टेरियाहरु हुने गर्छन ।

४ कफी
गर्भाअवस्थामा कफी एकदमै खान मन लाग्छ तर कफी खाँदा गर्भमा रहेको बच्चा र गर्भवती महिलालाई कति असर गर्छ त्यसको ज्ञान हुनु जरुरी हुन्छ । यदि गर्भ अवस्थामा कफी खायो भने गर्भवती महिलालाई रगत क्यानसर हुने सम्भावना प्रचुर मात्रामा हुन्छ ।

यसको सेवनबाट ब्लड प्रेसर हाई हुनका साथै छिटो–छिटो पिसाब पनि लाग्ने गर्छ जसका कारण शरीरमा पानीको मात्रा कम हुने गर्छ र डिहाइड्रेशनको शिकारका साथै बच्चाको तौल पनि घटाउने गर्छ ।

५ अशंशोधित डेरीको उत्पादन
डेरीबाट उत्पादन हुने विभिन्न किसिमका कुराहरुबाट फाइदा निक्कै हुन्छ तर प्रशोधित वा अशंशोधित डेरीबाट उत्पादन भएका खानेकुरामा आफुले खानेकुराको राम्रोसँग विचार गर्नुपर्ने हुन्छ ।

कच्चा दुधबाट उत्पादन हुने परिकारले विभिन्न किसिमका रोगहरु लाग्न सक्छन । यसबाट पूmड पोईजनिङ, डायरिया, बान्ता जस्ता समस्या हुनसक्छन् । यति मात्र नभएर किड्नी फेल हुने समस्या पनि हुन सक्छ ।

६ काँचो मासु
काँचो मासुको सेवनले गर्भवती महिलालाई ब्याक्टेरिया र प्यारासाईट किटाणुहरुले सताउने गर्छन । एक स्वस्थ व्यक्तिको लागि त काँचो मासु सेवन गर्दा खतरा हुन्छ भने अब आफैँ सोच्न गर्भवती महिलाका लागि काँचो मासु कति हानिकारक होला । त्यसैले गर्भवती भएको अवस्थामा सधैं पाकेको मासु मात्र खाने गर्‍यौ भने स्वास्थ्यलाई फाईदा पुग्छ ।

७ केही माछा
गर्भवती महिलाले माछा खाँदा धेरै फाइदा हुन्छ तर केही माछाले भने गर्भाअवस्थामा धेरै हानी पुर्‍याउँछ । जस्तैः बांगडा माछा, सेतो टुना, स्वार्डफिस, सार्क माछाहरु खाईयो भने विभिन्न रोगले सताउँछ । यस्ता माछाले गर्भवती महिला सँगै गर्भमा रहेको बच्चालाई समेत हानी पुर्‍याउँछ ।

८ कलेजो
केही महिलाहरु गर्भवती अवस्थामा जनावरहरुको कलेजो खान अत्यन्तै रुचाउँछन् । यसमा छुट्टै किसिमको स्वाद हुन्छ जसले महिलालाई आकर्षित गर्छ । यदि तपाई कलेजो खाँदै हुनुहुन्छ भने होस गर्नुहोस् यो धेरै मात्रामा खायो भने बच्चा र आफुलाई हानी हुन सक्छ । कलेजोमा भिटामिन ए धेरै हुने हुँदा बच्चालाई फाईदा भन्दा हानी पुर्‍याउँछ ।

९ मदिरा
जो महिला मदिरा दिनमा नखाई बस्न सक्नुहुन्न उनीहरुले डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ । मदिराले बच्चालाई मात्र हैन आफ्नो भविष्यमा पनि गम्भीर असर गर्दछ । त्यसैले कुनै पनि समयमा रक्सी पिउनु हानिकारक हुन्छ । गर्भाअवस्थामा त मदिराको नाम पनि नलिदा नै वेश हुन्छ ।

प्रतिक्रिया