साहित्यकार सुरेन्द्र महर्जन “अमर”को गीतिएल्बम “अर्पण” सार्वजनिक

admin

काठमाडौं, ११ असोज: साहित्यकार सुरेन्द्र महर्जन “अमर” को गीतिएल्बम “अर्पण” सार्वजनिक भएको छ । कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको गीतिएल्बम “अर्पण” को एक समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा. विजयकुमार दत्तले सार्वजनिक गर्नु भएको हो ।

ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करणमा विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण तथा ओएसनेपालको प्रस्तुतिमा गीतिएल्बम “अर्पण” सार्वजनिक गरिएको हो ।

एल्बमभित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेन्जर संगीतकार राम कार्कीको रहेको छ ।

कार्यक्रम संचालन शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले संचालन गरेका थिए । कार्यक्रममा ५८ विद्यामा उत्कृष्ट रहेको गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेन्जर, संगीतकारआदि सबैलाई उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिएको थियोे ।

प्रतिक्रिया