चित्तलको छाला र मासुसहित थारू पक्राउ

राष्ट्रिय समाचार समिति

बर्दिया, ३१ असार: बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन् । एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन् ।

फाइल फोटो

इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको टोलीले थारूलाई पक्राउ गरेको प्रहरी निरीक्षक मदन ठाकुरले जानकारी दिनुभयो । उनलाई आवश्यक कानूनी कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया