चिसो मौसममा कसरी तन्दुरुस्त रहने ? यस्तो छ तरिका…

मनिषा थापा

चिसो मौसममा स्वास्थय सम्बन्धित रोगहरुले सताउन केहि बेर लाग्दैन। व्यायाम गर्नुका साथै पैदल हिड्ने बानि बसाल्नुहोस् । यसो गर्नाले रक्तसंचार बढ्नेछ। यस्तो जाडोको मौसममा कसरि तन्दुरुस्त रहने यसको लागि केहि टिप्सहरु छन।

जाडोको मौसममा वान्ता हुने, चिडचिडडापनले सताउने, सुख्खा खोकि लाग्ने, ज्वरो आउने आदि जस्तो समस्या देखिएमा नजिकैको अस्पताल जानुहोस घाममा कम्तिमा पनि ३० मिनेट प्रतक्क्ष बस्नु जरुरि हुन्छ।

१. चिकेन सुप
जसलाइ दम वा श्वासप्रश्वासमा समस्या छ उसको लागि चिकेन सुप लाभदायक मानिन्छ। यसमा हुने एमीनो एसिड ले चिसोमा हुने श्वास सम्बन्धित समस्यामा आराम दिने काम गर्छ। यसको वाफ लिनाले पनि फाइदा गर्छ।

२. कफि वा आयुर्वेदिक चिया
दालचिनि, जाइफल, ल्वाङ्ग, मरिच, तुलसिको पात आदि मिसाएर तयार गरिएको चिया वा कफि सहितको पेयपदार्थले दिने आराम र तातोपनले जाडोको मौसममा चिसो लाग्नबाट बचाउन ठुलो भुमिका खेल्छ।

३. कालो चिया
हरियो चियापत्तिको चियाकागती अदिले स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। टाउको दुखेको र घाटीँको लागि यो राम्रो हुन्छ। रुघाको लागि भिटामिन सी ले राम्रो फाइदा गर्छ।

४. फलफुलको रस
जाडोको मौसमको सबैभन्दा बच्न पर्ने कुरामा ध्यान दिन जरुरी पर्छ। पुरा आरामको साथसाथ पर्याप्त तरल पदार्थको सेवन एकदम जरुरी हुन्छ। फलफुलको रसले पानीको मात्रा पनि पुरा गर्ने र शरिरमा स्फुर्तिपनि कायम राख्ने भएकोले फलफुलको जुस खाने गर्नुहोस्।

५. हिड्ने बानी 
हिड्ने बानिले शरिरमा रक्तसंचार बढ्ने हुन्छ। खाना खादा पनि धेरै क्यालोरि युक्त खाना खाने गर्नहोस जस्तै, पनिर, दुध, फलफुल आदि। हिड्ने ठाँउ छैन भने एकैठाउमा उभिएर जगिङ गर्ने गर्दा पनि हुन्छ।

८. न्यानो कपडा
शरिरमा तातो कपडा लगाएर हिडुल गर्दा चिसोबाट बाट बच्न सकिन्छ।

प्रतिक्रिया