छोरा अस्पतालको बेडमा, बुहारी र नातिनी आश्रममा [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। एक वर्ष अघि मात्र श्रीमानसङ्गको बिछोड सहेकि एक्ली बृद्द सासू, श्रीमान अनि लक्ष्मी, घर जग्गा सम्पत्ती सबै क्यान्सर पिडित ससुराको उपचारको लागि सक्किएको भएपनी मुगुमा ज्याला मजदुरी गरेर दुई छाक पिठोकै भरमा खुशी थियो त्यो परिवार। तर बिधिको बिधानले त्यो खुसिलाई धेरै समय टिक्न दिएन। छोरी पेटमा आएको तीन महिनामा नै रुखबाट खसेर लक्ष्मि बमको श्रीमान बिसाल बमको मेरुदण्ड भाचियो र अशक्त हुन पुगे।

एक वर्ष अघि क्यान्सर पिडित ससुराको उपचारसङ्गै भएको सम्पत्ती सबै सक्किनु अनि ससुरालाई पनि गुमाउनु, केही समय पछि नै आफ्नो ९ महिनाको छोरो पनि गुमाउनु परेको पिडा लक्ष्मिको जीवनमा ताजा नै थियो तर पनि वृद्ध सासू, अपाङ्ग श्रीमान बोकेर गर्भबती लक्ष्मी २०७५ बैशाख ३० गते मुगुदेखी काठमाडौ वीर हस्पिटल सम्म आइपुगिन।

बैशाखदेखी श्रावन महिना सम्ममा आफुसङ्ग भएको श्री सम्पत्ती सक्केपछी अशक्त श्रीमानलाई वीर हस्पिटलको बेडमा छोडेर सासू बुहारी मागेर आफ्नो पेट पाल्न थाले । भाग्यवस २०७५ साल श्रावन महिनाको १२ गतेको दिन उनको भेट नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल र शदश्य मीरा केसीसङ्ग भयो। मीरा केसीसङ्गको भेट र उनको फेसबुक अभियानपछी लक्ष्मिलाई श्रीमानको उपचार हुने कुरामा झिनो आशा पलायो। फेसबूक अभियानबाट नै श्रीमानको उपचारको लागि बृद्द सासु साथमा र पेटमा बच्चा लिएर छ महिना सम्म वीर हस्पिटलको ट्रमा सेन्टरमा खटिएकि लक्ष्मिले २०७५ साल कार्तिक महिनाको ७ गते कोजाग्रत पुर्णिमाको दिन एउटि छोरिलाई जन्म दिईन।

छोरी जन्मेपछि मानव कल्याण समाजले उद्दार गरेको लक्ष्मी हाल अपाङ्ग श्रीमानलाई वीर हस्पिटलको ट्रमा सेन्टरमा र बृद्द सासुलाई श्रीमान स्याहार्ने जिम्मा सहित आधा मन लिएर सेवा घरमा बसेकी छिन। सुत्केरी अवस्थामा अस्पतालको चिसो उनको साथै भर्खर जन्मिएको बच्चाको स्वास्थ्यका लागि हानिकारक हुने भएकाले पनि उनी संस्थामा आउँन बाध्य भईन्। उनको यो भन्दा अघि पनि ९ महिनाको छोरा सुतेकै अवस्थाबाट कहिले नबिउझिने गरी सुतिराखे पछि उनलाई यो पटक भने हेलचेक्राइ गर्न मनले मानेन।

वास्तवमा नै मान्छेको जीवन अनि भोगाई सोचेजस्तो हुदैन तर प्रतिकुल परिस्थितिमा पनि अनुकुल मनस्थिती बनाएर सेवा घर सम्म आशाको सानो झिल्को बोकेर आएकी लक्ष्मिको जीवनमा अब दुखका बादलहरुले कहिले पनि मडारिने मौका नपाउन हाम्रो सुभावना अनि सानी छोरीमा हाम्रो सुभासिर्वाद सधैव रहिरहनेछ।

अहिले उनको श्रीमानको अवस्था झन्झन् नाजुक हुँदै गएको छ। उपचार खर्च जुटाउन निकै धौ धौ परेको अवस्थामा देश तथा विदेशमा रहनेले धेरैथोरै सहयोग गरिदिनु भए उनको जीवनमा केहि राहत मिल्थ्यो कि। सके आर्थिक सहयोग नसक्ने सहयोगी मन सम्म पुर्याउनको लागि कृपया यो भिडियोलाई शेयर गरेर सहयोग गरिदिनु होला।

सहयोगको लागी
लक्ष्मी बम: ९८६५५४३०१४

हामी मार्फत सहयोग गर्न चाहेमा:
मनोज खड्का: ९८६०३०१४९०
शर्मिला गुरुङ: ९८८०३९६४५२
पिएनपि मिडिया: ९८५१०१८०६३

प्रतिक्रिया

सम्बन्धित समाचारहरू