छ गाउँलेको हत्या

राष्ट्रिय समाचार समिति

कानो, २३ असार: नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र पावा गाउँमा हमला गरेका थिए । उनीहरुले बन्दुक र ग्रिनेड पड्काएर गाउँमा आतंक फैल्याएका प्रहरी प्रवक्ता गाम्बो इसाहले बताउनुभयो ।

इसाहले प्रहरीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएको दाबी गर्नुभयो । उहाँले आक्रमणकारीको खोजी गरिरहेको पनि जानकारी दिनुभयो । गत जुलाई ३ मा पनि अपराधी समूहले काट्सिना राज्यमा चार वटा गाउँमा गरेको आक्रमणमा १८ जना गाउँलेको ज्यान गएको थियो ।रासस-एएफपी

प्रतिक्रिया