जनकपुरमा गोली चल्यो, एक डाँका घाइते

admin

धनुषा, ९ जेठ : जनकपुरधाममा बुधबार राति बिहानै गोली चलेको छ । भारतबाट आएका डाँकालाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।जनकपुरधाम– ८ स्थित विहारकुण्डमा डैकत गर्न ८ जनाको समूह आएका डाँकासँग मुडभेडभएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गाेलीबाट एक डाँका घाइते भएका छन् । घाइतेसहित सबै डाँका पक्राउ परेका छन् ।

फाइल फोटो

सात जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरेको हो। घाइते डाँकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।

डाँकाहरु भारत बिहारस्थित समस्तीपुरका भएको प्रहरीले जनाएको छ । विहारकुण्डका महन्थलाई लुटपाट गर्ने उदेश्यले डाँकाहरु आएको हुन सक्ने प्रहरीको अनुमान छ । महन्थले हालसालै जग्गा बेचेका छन् ।

डाँकाहरुले दिउँसो होटलमा बसेर लुटपाटको योजना बनाएको पाइएको प्रहरीको भनाई छ । प्रहरीले उनीबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया