जर्मन नागरिक माइकलको नेपालमा शृङ्खलाबद्ध ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म फसे

admin

काठमाडौं , २८ पुष :जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । काठमाडौंमका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झुटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ ।

उनको ठगी धन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट । एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड ह्यान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटिीलाई बोलाई अन्तर्राष्ट्रिय संचार माध्यमा प्रचारप्रसार गराउने र नेपलाका पर्यटन प्रचार गर्ने उनको दाबी थियो ।उनले प्रख्यात हलिउडका कलाकारहरु ल्याएर नेपालको प्रचारप्रसार गर्ने भन्दै नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए । उनले बोर्डसँग नेपाल फायर ट्रक एक्सपिडिसन आयोजना गर्ने भन्दै एक करोड बुझेका थिए । उनको ठगीभन्दा यतिमा टुङ्गिदैन । उनले स्याङ्जाको वालिङ नगरपालिकाबाठ २० लाख, विराटनगर महानगरपालिकाबाट ५ लाख बुझेका छन् । यस्तै आङ नाम्गेल शेर्पा र लाक्पा तेन्डुलाई पनि ठगेका थिए ।

प्रतिक्रिया