जसको लागि जोडेको सम्पति उसैको उपचारमा सकियो, मेरो छोरालाई बचाई दिनुहोस भन्दै यी बाबु मिडियामा

मनिषा थापा

पिएनपिखबर : विष्णु बाहादुर मगर आफ्नो छोराको उपचारको लागि सहयोगको याचना गर्दै मिडियामा आएका छन्। उनको १५ वर्षीय छोरा राजु रखाल मगरको बोनम्यारो फेल भएको छ। विगत २ वर्ष देखि बोन म्यारो फेलबाट पिडित उनको छोराको आर्थिक अभावका कारण प्रत्यारोपण हुन् पाएको छैन।

शुरुवातमा छोरा विरामी परेपछि राजुले उपत्यकाका धेरै अस्पताल धाए तर रोग पत्ता लागेन। पछि बानेश्वरमा अवस्थित सिभिल अस्पतालमा जाँच गराउँदा बोन म्यारो फेल भएको रिपोर्ट आयो। प्रत्यारोपण गर्न परिवार कै सदस्यबाट मिल्ने डाक्टरले बताए पछि उनले आफै बोन म्यारो प्रत्यारोपण गराउने निर्णय गरे। तर प्रत्यारोप गराउनलाई १५ लाख लाग्ने भएकोले लाखौ पैसा कसरी जुटाउने भन्ने पीरले राजुलाई सताएको छ।

धुलिखेलमा बस्दै आएका उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन्। एक मात्र छोरालाई भयानक रोग लागेपछि रातदिन राजु उपचारमा खटिएका छन्। उनले आफ्नो घरबारी छोराको उपचारकै लागि बेचीसकेका छन्। उपचारको शुरुवात देखि अहिलेसम्म ४५ लाख उपचारमै लागि सकेको छ। उनी भन्छन, ‘जसको लागि जोडेको सम्पति उसैको उपचारमा सकियो; उपाय नलागेपछि रुँनु बाहेक विकल्प छैन।’

उनको उपचारको लागि सहयोगहरु आइरहेता पनि औषधी नै निकै महँगो पर्ने भएकोले अझ उपचारमा समस्या आइरहेको बताए। उनले आफ्नो छोरा बचाईदिन आग्रह गर्दै सहयोगको अपिल गरेका छन्।

तपाईहरुको सानो सहयोगले १५ वर्षीय राजुको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले विष्णु बाहादुर मगरको मोबाइल नम्बर ९८२३११९७६६ सम्पर्क गर्न सक्नु हुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू