जाडोमा यसरी बनाएर खानुहोस हेर्दा मुखै रसाउने खसीको खुट्टाको सुप

मनिषा थापा

खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ ।

खशी को सुप जति स्वादिलो हुन्छ बनाउन पनि उतिकै सजिलो छ । जाडो बढे संगै माशु पसलहरुमा खसीको खुट्टाको समेत धेरै माग हुने गरेको माशु ब्यबसायीहरु बताउछन । प्रति गोता १०० देखि १५० सम्म पिने खसीको सुप निकै लाभदायिक छ ।

आवश्यक सामग्री/प्रतिव्यक्ति : पिस बनाइएको एउटा खसीको खुट्टा ।

  • थिचेको अदुवा २० ग्राम ।
  • थिचेको लसुन ३० ग्राम ।थिचेको हरियो खुर्सानी दुई पिस ।
  • छाँटा मुगी १०० ग्राम ।
  • नुन स्वादअनुसार ।
  • एक चिम्टी ज्वानो ।
  • ठूलो एक चम्चा बटर ।
  • पानी एक बाउल ।

माथि उल्लख गरिएका सामग्रीको अधार मा नै निक्कै मिठो सुप बनाउन सकिन्छ । तपाईसंग यति सामान भए पछी अब आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् । बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् । खसीको खुट्टा राख्नुहोस् र भुट्नुहोस् । थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।

तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् । दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् । स्वादअनुसार नुन राखिदिनुहोस् । अरू कुनै मसला खासै आवश्यक पर्दैन । अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् । आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् । अब खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

प्रतिक्रिया